ट्रम्पले फेरि बढाए १५ प्रतिशत ट्यारिफ

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका भित्रिने सामानमा १५ प्रतिशत विश्वव्यापी भन्सार शुल्क (ट्यारिफ) लगाउने घोषणा गरेका छन्। अदालतले उनको अघिल्लो आयात करसम्बन्धी निर्णयलाई खारेज गरेपछि ट्रम्पले थप आक्रामक हुँदै करको दर बढाउने निर्णय गरेका हुन्।

ट्रम्पले सुरुमा शुक्रबार अदालतले खारेज गरेको करको सट्टा १० प्रतिशत मात्र महसुल लगाउने बताएका थिए। तर, शनिबार आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मार्फत उनले यो दरलाई बढाएर अधिकतम १५ प्रतिशत पुर्याउने जानकारी दिए। यो वृद्धि दुर्लभ रूपमा प्रयोग हुने एक व्यापार कानुनअन्तर्गत गरिएको हो।

नयाँ कानुनी प्रावधानअनुसार ट्रम्प प्रशासनले संसद्को स्वीकृतिविना नै यी शुल्कहरू करिब पाँच महिनासम्म लागू गर्न सक्नेछ। यो नयाँ दर मंगलबारदेखि नै लागू हुनेछ।

See More On

सुझावित समाचार