एपिएफले जित्यो एन्फा महिला च्याम्पियनसिप

आइतबार, १० फागुन, २०८२
डिजिटल संस्करण

 एपिएफले थारुहट रंगशालामा शनिबार एन्फा महिला च्याम्पियनसिप २०८२ को उपाधि जितेको छ । रोमाञ्चक फाइनलमा एपिएफले चिरप्रतिद्वन्द्वी त्रिभुवन आर्मी क्लब लाई २–१ गोलअन्तरले पराजित गर्दै उपाधि उचालेको हो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५५औँ मिनेटमा गीता रानाले एपिएफलाई १–० को अग्रता दिलाइन् । खेलको ६८औँ मिनेटमा रेनुका नगरकोटीले एपिएफलाई २–० को अग्रता दिलाइन् । 

आर्मीले ७२औँ मिनेटमा २–१ का लागि गोल फर्कायो । जेनिफर रानामगरले आर्मीलाई २–१ को गोलअन्तरमा पुर्याएकी हुन् । फाइनलमा उत्कृष्ट प्रदर्शन गरेकी गीता राना ‘प्लेयर अफ द म्याच’ घोषित भइन् । उपाधिसँगै एपिएफले ७ लाख ५० हजार र उपविजेता आर्मीले पाँच लाख रुपैयाँ हात पारेको छ । प्रतियोगितामा १० महिला टोली सहभागी थिए । पछिल्लो डेढ वर्षमा आर्मी र एपिएफबिच नौपटक प्रतिस्पर्धा भएको रेकर्ड छ । 

सुझावित समाचार