नेकपा एमालेले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को घोषणा-पत्र सार्वजनिक गरेको छ। पार्टी अध्यक्ष केपी ओलीले बिहीबार काठमाडौंमा चुनावी घोषणा-पत्र सार्वजनिक गरेका हुन्।
एमालेले सातदेखि नौ प्रतिशतसम्मको आर्थिक बृद्धिद्वारा अर्थतन्त्रको आकार पाँच वर्षमा सय खर्ब रुपैयाँ र १० वर्षमा दुई सय खर्ब रुपैयाँको पुऱ्याउने घोषणा गरेको छ। यसैगरी, प्रतिव्यक्ति आय पाँच वर्षमा करिब ३ हजार अमेरिकी डलर पुऱ्याउने लक्ष्य लिएको छ।
घोषणा-पत्रमा एमालेले भदौ २३ अघि देश बिग्रेको काल्पनिक भाष्य खडा गरेर समाजमा आक्रोश विस्तार गरिएको उल्लेख गर्दै भनेको छ, ‘भदौ २३ को घटना स्वतः स्फूर्त थियो कि तयारीसहितको षड्यन्त्र? या भदौ २४ को विध्वंशका लागि आधार तयार पार्न घुसपैठियाहरूले भड्काएको हिंसा?’
हेर्नुस् पूर्णपाठ :