अलराउन्ड वरीयतामा दुई स्थान सुधार गर्दै दीपेन्द्र चौथो स्थानमा

बुधबार, ६ फागुन, २०८२
डिजिटल संस्करण

नेपाली राष्ट्रिय क्रिकेट टोलीका उपकप्तान दीपेन्द्रसिंह ऐरीले आइसिसी टी–२० अलराउन्डमा आफ्नो वरीयता सुधार गरेका छन्।

आइसिसीले बुधाबर अध्यावधिक गरेको नयाँ वरीयतामा अलराउन्डर ऐरीले दुई स्थान सुधार गरेका हुन्। उनी २४४ रेटिङसहित चौथो स्थानमा उक्लिएका छन्।

एक स्थान सुधार गर्दै पाकिस्तानका सायम अयुब तालिकाको शीर्ष स्थानमा उक्लिँदा जिम्बावेका सिकन्दर राजा दोस्रोमा झरेका छन्। भारतका हार्दिक पान्ड्या तेस्रो स्थानमा यथावत् छन्।

अलराउन्ड वरीयतामा नेपालका कुशल भुर्तेल २२औँ, रोहित पौडेल ३९औँ स्थानमा छन्। गुल्सन झा १५ स्थान खस्किएर ७२औँ स्थानमा झरेका छन्।

सुझावित समाचार