अमेरिकामा मानवतस्करी गर्ने व्यक्तिसँग भेटियो ७० करोडको सम्पत्ति, प्रहरीद्वारा सम्पत्ति शुद्धीकरण मुद्दा दायर

मंगलबार, ५ फागुन, २०८२
डिजिटल संस्करण

अमेरिकामा मानवतस्करी गरेर अकुत आर्जन गरेका दुई अभियुक्तसँग करोडौँको सम्पत्ति भेटिएको छ। उनीहरूविरुद्ध प्रहरीले सम्पत्ति शुद्धीकरणको कसुरमा मुद्दा दायर गरेको छ। 

रुकुम पश्चिमको बाफीकोट– २ घर भएका कुलबहादुर बस्नेत र रुकुम पूर्वको सिस्ने गाउँपालिका– २ घर भएका अमित बस्नेतविरुद्ध मानव बेचबिखन अनुसन्धान ब्युरोले जिल्ला अदालत, काठमाडौंमा सोमबार मुद्दा दायर गरेको हो। 

कुलबहादुरले ७० करोड ६० लाख ५३ हजार ७३३ तथा अमितले २७ करोड ४५ लाख २९ हजार रुपैयाँबराबरको रकम कारोबार गरी शुद्धीकरण गरिएको भेटिएपछि मुद्दा दायर गरिएको ब्युरोका एसपी राजन लिम्बूले जानकारी दिए। 

उनीहरूमध्ये कुलबहादुर मानव बेचबिखनको कसुरमा डिल्लीबजार कारागारमा छन् भने अमित फरार छन्। उनीहरूले २५० भन्दा धेरै व्यक्तिलाई गैरकानुनी बाटोबाट अमेरिका पठाएको प्रहरीले जनाएको छ। 

सुझावित समाचार