निर्वाचन प्रचारमा भारतीय गाडी प्रयोग, प्रहरीले लियो नियन्त्रणमा

सोमबार, ४ फागुन, २०८२
डिजिटल संस्करण

निर्वाचन आचारसंहिताविपरीत प्रचारप्रसारमा भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेपछि सप्तरी प्रहरीले दुई गाडी नियन्त्रणमा लिएको छ।

आचारसंहिता उल्लंघन गरेपछि प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टी र स्वाभिमान पार्टीले चुनावी प्रचारमा प्रयोग गरेको गाडी नियन्त्रणमा लिएको हो।

स्वाभिमान पार्टीको बिआर ०७ पिबी ८९५६ नम्बरको स्कार्पियो र राष्ट्रिय स्वतन्त्र पार्टीको बिआर ११ पिबी ८६१० नम्बरकाे स्कार्पियो नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी डम्बरबहादुर पुरीले जानकारी दिए।

आचारसंहिताविपरीत कार्य गरेकाले नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको उनले बताए।

सुझावित समाचार