आइसिसी टी–२० विश्वकपमा भारतसँग पाकिस्तान फेरि निरीह बनेको छ। आइतबार भएकाे खेलमा भारतसँग पाकिस्तान ६१ रनले पराजित हुन पुगेको छ।
टस हारेर पहिले ब्याटिङ गरेको भारतले १७६ रनको लक्ष्य दिएको थियो। लक्ष्य पछ्याउने क्रममा पाकिस्तान ११४ रनमै अलआउट हुन पुग्यो।
यो जितसँगै भारतले सुपर ८ मा आफ्नो स्थान पक्का गरेको छ। पाकिस्तानका लागि भने अन्तिम खेल जित्नैपर्ने दबाब बनेको छ।
समूह ‘ए’मा पाकिस्तानले तीनमध्ये दुई खेल जितेको छ। यही समूहमा रहेको अमेरिकाले पनि तीन खेलमा दुई खेल जितेको छ। पाकिस्तानको अन्तिम खेल नामिबियाविरुद्ध छ। अमेरिकाले भने चार खेलमा दुई खेल जितेको छ भने दुई खेल हारेको छ। नेट रनरेटका आधारमा अमेरिका अगाडि रहेकाले अन्तिम खेल पाकिस्तानले हारेमा अमेरिका सुपर ८ मा पुग्नेछ भने पाकिस्तान बाहिरिनेछ।