आइसिसी टी–२० विश्वकपअन्तर्गत इटालीविरुद्ध पावरप्लेमा नेपालले एक विकेट गुमाएर ४६ रन बनाएको छ।
नेपालले दोस्रो ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेललाई गुमाएको थियो। १० बल सामना गरेका भुर्तेल मात्र पाँच रन जोड्न सफल भए।
त्यसपछि क्रिजमा आएका रोहित पौडेलले १० बलमा २२ तथा ओपनर आशिफ शेखले १६ बलमा १८ रन जोडेका छन्। पौडेलले दुई छक्का र शेखले दुई चौका हिर्काएका हुन्।