अपर रिचेत हाइड्रोपावरले प्राथमिक सार्वजनिक निष्कासन (आइपिओ) सर्वसाधारणमा निष्कासन गर्ने भएको छ । कम्पनीले धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा आरबिबी मर्चेन्ट बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।
सेयर निष्कासन गर्नेबारे दुवै पक्षबिच सम्झौतासमेत भएको छ । सम्झौतापत्रमा आरबिबी मर्चेन्टका प्रमुख कार्यकारी अधिकृत (सिइओ) बद्रिप्रसाद प्याकुरेल र अपर रिचेतका कार्यकारी अध्यक्ष आनन्द प्रधानले हस्ताक्षर गरेका हुन् ।
अपर रिचेतले चुक्ता पुँजी ४० करोडको २० प्रतिशतले हुन आउने आठ लाख कित्ता सेयर जारी गर्ने तयारी गरेको छ । हाल प्रालि रहेको कम्पनी पब्लिकमा रूपान्तरण भई आइपिओमा जाने योजना बनाएको छ ।