मातृशोकमा परेका उम्मेदवार थापा मतदाताको घरदैलोमा

बुधबार, २८ माघ, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बाजुराबाट नेकपा एमालेको उम्मेदवार बनेका  लालबहादुर थापा अहिले  मातृशोकमा छन् । उनकी माता कलशी थापाको ८९ वर्षको उमेरमा गत माघ २४ गते निधन भएको हो । आमाको निधनपछि अहिले पनि उनी किरिया बसेकै अवस्थामा छन् । तर, मातृशोकमा भए पनि लालबहादुर थापा घरमै सीमित छैनन् । उनी  बाजुराको गाउँ, बस्ती पुग्दै मतदाताको ढोका ढकढक्याई जनतासामु मत मागिरहेका छन् ।

थापाले मतदातासँग भेट्दा पटकपक भन्छन्, ‘आज आमा साथमा छैनन्, तर आमा जसरी नै बाजुरालाई माया गरेर सेवा गर्ने मेरो संकल्प अझ बलियो बनेको छ ।’  आमा गुमाएको शोकलाई आमबाजुरावासीलाई साथमा लिएर शक्तिमा बदल्ने आफ्नो धारणा रहेको  थापाले बताए ।

किरियापुत्रीको पहिरनमा भोट माग्न पुगेका थापाले  मतदाताहरूको मन जित्ने प्रयास गरिरहेका छन्। बाजुरामा एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र छ । उनी  जिल्लाका नौवटै स्थानीय तहका मतदाताको घरमा मत माग्न पुगेका छन् । 

सुझावित समाचार