दाङ ३ का स्वतन्त्र उम्मेदवार एमालेमा प्रवेश

मंगलबार, २८ माघ, २०८२
डिजिटल संस्करण

दाङ निर्वाचन क्षेत्र नम्बर ३ का स्वतन्त्र उम्मेदवार भरत दर्नाल नेकपा (एमाले)मा प्रवेश गरेका छन्। मंगलबार तुलसीपुरमा भएको एक कार्यक्रमबिच दर्नाल एमालेमा प्रवेश गरेका हुन्।

दर्नालसँगै वाइसिएलमा आबद्ध लीला विक र अन्य पार्टीका कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन्। उनीहरूलाई एमाले महासचिव शंकर पोखरेलले पार्टीमा स्वागत गरेका थिए। सो अवसरमा महासचिव पोखरेलले विकास र समृद्धिका लागि भन्दै एमालेसँग जोडिन आग्रह गरे।

सुझावित समाचार