नेपालमा ८२ प्रतिशत घरपरिवारले प्रयोग गर्छन् इन्टरनेट

सोमबार, २७ माघ, २०८२
डिजिटल संस्करण

नेपालमा प्रत्येक पाँचमध्ये चार घरपरिवारले इन्टरनेट सुविधासहितको उपकरण प्रयोग गर्ने गरेको पाइएको छ। सोमबार राष्ट्रिय तथ्यांक कार्यालयले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण ०८१/८२ अनुसार ८२ प्रतिशत घरपरिवारले इन्टरनेटसहितको उपकरणको प्रयोग गर्छन्।

तथ्यांकअनुसार १५–४९ वर्ष उमेर समूहमा आफ्नै मोबाइल फोन हुने महिलाभन्दा पुरुषको संख्या धेरै छ। ८१.६ प्रतिशत महिला र ९०.४ प्रतिशत पुरुषसँग आफ्नै मोबाइल फोन रहेको देखिन्छ।

सुझावित समाचार