बर्दियामा चितुवाको आक्रमणबाट बेपत्ता भएकी मैसरा डाँगीको शब फेला परेको छ। चितुवाको आक्रमणबाट बेपत्ता भएकी मधुवन नगरपालिका, ९ की ४९ वर्षीया मैसरा डाँगीको शव फेला परेको हो।
दिउँसो करिब दुई बजे छिमेकीसँग घाँस काट्न गएकी डाँगीलाई चितुवाले आक्रमण गरी थियो।
चितुवाको आक्रमणबाट बेपत्ता भएकी डाँगीको शव नेपाल भारत सीमानजिकको ७० नम्बर पिलरमा फेला परेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायब उपरीक्षक देवेन्द्रकुमार मल्लले बताए।
उनले भने, ‘चितुवाको आक्रमणबाट मृत्युु भएकी डाँगीको शव अरहर बारीमा फेला परेको छ। मृतकको शव पोस्टमार्टमको बर्दिया अस्पताल गुलरियामा लगिएको छ।’