नेकपा एमालेका अध्यक्ष केपी ओलीले मट्याङ्ग्रा र गुच्चा खेल्दै गरेकालाई देश जिम्मा लगाउनुपर्छ भनेर लागिपरेको आरोप लगाएका छन्। बिहीबार राजधानीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले कुनै अनुभव नभएकाहरू प्रधानमन्त्री बन्छु भनेर आएको आरोप लगाए।
विकसित देशका पुराना पार्टीहरूले देश बनाउँछन् भन्ने विश्वास हुन्छ, तर नेपालमा नयाँहरूलाई देश जिम्मा लगाउने तयारी हुँदे गरेको बताए । बेलायतको उदाहरण दिँदै उनले भने, ‘बेलायतमा सयौँ वर्ष पुराना पार्टीहरूले सत्ता चलाएकाले बेलायत बनेको हो । अमेरिका पनि त्यस्तै हो । तर, नेपालमा हवाईजहाजको सिटमा समेत बस्न नपाएको पाइलट बनेर जहाज चलाउछु भन्छन्।’
देश चलाउनु गुच्चा खेल्नुजस्तो नभई नीति, दर्शन र सिद्धान्त चाहिने उल्लेख गरे । उनले जसको दर्शन, नीति र सिद्धान्त केही छैन त्यस्ताले कसरी देश चलाउँछन् ? भनेर टिप्पणी गरे ।