चितवन/ पहिरो रोकथाम तथा सडक मर्मतका लागि नारायणगढ–मुग्लिन सडकको तुइनखोला खण्ड आइतबारदेखि दैनिक पाँच घन्टा बन्द हुने भएको छ ।
चितवन प्रशासनका अनुसार अर्को सूचना नआएसम्म बिहान ११ देखि दिउँसो ४ बजेसम्म नारायणगढ–मुग्लिन सडकखण्डमा सबै सवारीसाधनको आवागमन रोक्ने निर्णय भएको छ ।
काठमाडौँबाट मुग्लिन हुँदै आँबुखैरेनी–पोखरा खण्डमा चल्ने सवारीसाधनको आवागमन भने नियमित रहने छ ।