एमाले र प्रलोपाबिच नयाँ सहमति, रुकुम पूर्वमा एमालेको उम्मेदवार कायम रहने

बुधबार, २२ माघ, २०८२
डिजिटल संस्करण

नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबिच नयाँ सहमति भएको छ । बुधबार भएको सहमतिअनुसार रुकुम पश्चिममा एमालेले जनार्दन शर्मालाई सघाउने भएको छ।

यसअघि रुकुम पूर्वमा पनि एमालेले प्रगतिशील लोकतान्त्रिक पार्टीका उम्मेदवार सन्दीप पुनलाई सघाउने गरी ११ माघमा सहमति भएको थियो। नयाँ सहमतिअनुसार रुकुम पूर्वमा भने एमालेले पुनलाई नसघाउने भएको छ। 

त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीले कर्णालीका हुम्ला, जुम्ला र मुगुबाहेकका जिल्ला र पुरानो राप्ती अञ्चलका जिल्लामा एमालेलाई सघाउनेछ। त्यहाँ एमालेले आफ्नो उम्मेदवार कायम राख्ने भएको छ । 

सुझावित समाचार