शीर्ष स्थानको एपिएफ र एनआरटीले अंक बाँडे

बुधबार, २२ माघ, २०८२
डिजिटल संस्करण

शीर्ष डिभिजन क्लब न्युरोड टिम (एनआरटी)ले राष्ट्रिय लिग फुटबल प्रतियोगिताको शीर्ष स्थानमा रहेको विभागीय एपिएफ फुटबल क्लबलाई गोलरहित बराबरीमा रोकेको छ । लिगअन्तर्गत मंगलबार सातदोबाटोस्थित एन्फा मुख्यालयमा यी दुवै टोलीबिच गोलरहित बराबरीमा खेल सकिएको हो । लिगको सोमबार दुईवटै खेल पनि गोलरहित बराबरीमा सकिएको थियो । एनआरटीको यो लिगमा पहिलो बराबरी हो । 

बराबरीसँगै एनआरटीले १३ अंक जोडेको छ । तालिकाको दोस्रो स्थानमा रहेको एनआरटीले ६ खेल खेल्दा चार जित र समान एक बराबरी र हारसहित नतिजा हात पारेको हो । प्रशिक्षक राजेन्द्र तामाङको प्रशिक्षणमा रहेको एपिएफको पनि पहिलो बराबरी हो । बराबरीसँगै एपिएफले पनि १३ अंक जोडेको छ । तालिकाको शीर्ष स्थानमा रहेको एपिएफले पाँच खेल खेल्दा चार जित र एक बराबरी नतिजा हात पारेको छ । खेलभर दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरे पनि फिनिसिङ कमजोर हुँदा गोल हुन सकेन । बराबरीको नतिजाले एपिएफले स्पष्ट दुई अंकको अग्रता बनाउने मौका गुमाएको छ । यद्यपि, गोल अन्तरका आधारमा एपिएफ मच्छिन्द्र एफसीलाई पछि पार्दै पुन: शीर्ष स्थानमा उक्लिएको हो । 

एपिएफ र मच्छिन्द्र दुवैको समान १३ अंक छ । एनआरटीका लागि पनि यो खेल महŒवपूर्ण थियो । जित हात पारेको भए तीन अंकसहित शीर्ष स्थानमा पुग्ने अवसर थियो । बराबरीपछि एनआरटीको पनि १३ अंक पुगेको छ । तर, एपिएफ र मछिन्द्रको तुलनामा एनआरटीले एक खेल बढी खेलिसकेको छ ।

यसैबिच जावलाखेल युथ क्लबले राष्ट्रिय लिगमा नवजनजागृति युवा क्लबविरुद्ध ४–० को फराकिलो जित निकालेको छ । जावलाखेललाई जित दिलाउन मंगलबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हरिस भट्ट, सिस्कोहो, युवराज ढकाल र धर्मेन्द्र कुँवरले समान एक गोल गरे । 

See More On

सुझावित समाचार