चोरी मुद्दामा फरार रहेका एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ। भक्तपुरको चाँगुनारायण नगरपालिका– ३ मा बसोबास गर्दै आएका इलामको चुलाचुली गाउँपालिका– ५ घर भएका ५० वर्षीय भीमबहादुर विश्वकर्मा रसाइलीलाई आइतबार प्रहरीले पक्राउ गरेको हो।
जिल्ला अदालत काठमाडौंले ०७८ मंसिर २ गतेको फैसलामार्फत उक्त मुद्दामा उनलाई ६ वर्ष कैद, एक लाख रुपैयाँ जरिवाना तथा दुई हजार चार सय रुपैयाँ क्षतिपूर्ति तिर्ने सजाय सुनाएको थियो। फैसलापश्चात् फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले भक्तपुरको चाँगुनारायण नगरपालिका– ३ बाट पक्राउ गरेको जनाएको छ।
पक्राउ परेका रसाइलीलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको प्रहरीले जनाएको छ।