न्युजिल्यान्ड र ग्रिस पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ

मंगलबार, २१ माघ, २०८२
डिजिटल संस्करण

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई न्युजिल्यान्ड र ग्रिस पठाइदिने भन्दै रकम ठगी गरेको अभियोगमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– ३१ बस्ने धादिङको थार्के गाउँपालिका– ७ घर भएका २४ वर्षीय अन्जन भुजेल र काठमाडौं महानगरपालिका– २६ बस्ने सल्यानको वनगाड कुपिन्डे नगरपालिका– ४ घर भएका ३१ वर्षीय नवीन दमाईं रहेका छन्।

प्रहरीका अनुसार अन्जन भुजेलले न्युजिल्यान्ड पठाइदिने भन्दै पाँचजना पीडितबाट १७ लाख १० हजार रुपैयाँ र नवीन दमाईंले ग्रिस पठाइदिने भन्दै दुईजना पीडितबाट दुई लाख ६० हजार रुपैयाँ असुली सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले अन्जन भुजेललाई काठमाडौं महानगरपालिका– ३१ र नवीन दमाईंलाई काठमाडौं महानगरपालिका– ३२ बाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवैजनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ

सुझावित समाचार