राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक सूचीबाट एक उम्मेदवारको नाम निर्वाचन आयोगले हटाएको छ। दाङको गढवा गाउँपालिका ७ घर भएकी ३९ वर्षीया उर्मिला चौधरीको नाम आयोगले हटाएको छ।
पार्टीबाट नाम हटाउन भएको पत्राचारअनुसार उनलाई हटाइएको आयोगले जनाएको छ। आयोगले उनीसहित ७६ जनाको नाम समानुपातिक सूचीबाट हटाएको छ।