नेपाल प्रहरीको प्रहरी निरीक्षक आधारभूत तालिम १–१८३औँ (पोस्ट ग्र्याजुएट डिप्लोमा इन पुलिस साइन्स १४औँ) समूहको दीक्षान्त समारोहमा उत्कृष्ट हुने प्रहरीहरू पुरस्कृत भएका छन्। प्रधानमन्त्री कार्कीले उनीहरूलाई सोमबार पुरस्कृत गरेकी हुन्।
तालिममा सर्वप्रथम एवं शारीरिक क्षमता तथा आत्मबल अभिवृद्धि प्रथम हुन सफल प्रशिक्षार्थी प्रहरी निरीक्षक निराजन बस्नेतलाई स्वर्गीय 'कुलानन्द विद्या सर्वप्रथम पुरस्कार' प्रदान गरिएको छ। साथै, सर्वद्वितीय भएका प्रहरी निरीक्षक मोहनसिंह बस्नेत, सर्वतृतीय प्रशिक्षार्थी प्रहरी निरीक्षक ताराबहादुर तामाङ, कवाज प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक ईश्वर महत, प्रहरी युक्ति तथा कारबाही प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक दिनेशप्रसाद रिमाल, अध्ययन प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक नवीनकुमार शाही र मस्केट्री तथा चाँदमारी प्रथम प्रशिक्षार्थी प्रहरी निरीक्षक श्रीमान चाईलाई पुरस्कार प्रदान गरिएको छ ।
तालिममा ९ महिलासहित ९१ जना दीक्षित भएका छन्।