निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचनका लागि दलहरूले बुझाएका बन्दसूचीबाट ७६ जनाको नाम हटाएको छ।
उम्मेदवारबारे परेका उजुरी, कानुनबमोजिम तोकिएको योग्यता र अयोग्यतासम्बन्धी व्यवस्था, आयोगबाट विभिन्न मितिमा भएका निर्णय एवं दलहरूबाट प्राप्त जानकारीका आधारमा ७६ जनाको नाम बन्दसूचीबाट हटाउने निर्णय भएको आयोगले जनाएको छ।

सूची-