धनकुटामा विपन्न तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण

बुधबार, १४ माघ, २०८२
डिजिटल संस्करण

भारतको ७७औँ स्वतन्त्रता दिवसको अवसर पारेर धनकुटामा विपन्न तथा ज्येष्ठ नागरिकलाई कम्बल वितरण गरिएको छ।

नेपाल–भारत मैत्री संघले स्वतन्त्रता दिवसको अवसर पारेर शुभकामना आदानप्रदान तथा कम्बल वितरण कार्यक्रम आयोजना गरेको हो। संघले धनकुटा नगरपालिका– ४, देब्रेबासका १७ जना विपन्न तथा ज्येष्ठ नागरिकलाई जाडोबाट बच्न कम्बल वितरण गरेको हो।

सो अवसरमा बोल्दै नेपाल–भारत मैत्री संघ धनकुटाका अध्यक्ष महेशप्रसाद श्रेष्ठले भारतको स्वतन्त्रता दिवस केवल औपचारिक कार्यक्रमका लागि मात्र नभई सामाजिक सेवामार्फत मैत्री सम्बन्धलाई अझ मजबुत बनाउने अवसरका रूपमा लिइएको बताए।

कार्यक्रममा नेपाल–भारत मैत्री संघका केन्द्रीय सदस्य सरस्वती श्रेष्ठ, नेपाल पत्रकार महासंघका अध्यक्ष विदुर खवासलगायतले शुभकामना व्यक्त गरेका थिए।

सुझावित समाचार