एसियाली ब्रान्ड डेभिल्सले नयाँ अभियान सार्वजनिक गरेको छ । कम्पनीले मुम्बईमा हुने टी–२० विश्वकप क्रिकेटलाई लक्षित गर्दै ‘डेभिल्स खाऊँ, मुम्बई जाऊँ’ योजना ल्याएको हो ।
अभियानअन्तर्गत, एकजना भाग्यशाली विजेताले मुम्बईको वानखेडे स्टेडियममा हुने नेपाल र वेस्ट इन्डिजबिचको ऐतिहासिक खेल प्रत्यक्ष हेर्न पाउनेछन् । यसको सबै खर्च कम्पनीले व्यहोर्नेछ । कम्पनीका अनुसार यो अभियानले क्रिकेटप्रेमीलाई खेलको केन्द्रमा ल्याउने लक्ष्य राखिएको छ ।
योजनामा सहभागी हुन इच्छुकले डेभिल्सको आधिकारिक पेजलाई फलो गर्नुपर्नेछ । अभियान पोस्टमा सोधिएको प्रश्नको सही उत्तर कमेन्ट गरी तीनजना साथीलाई ट्याग गर्नुपर्नेछ ।
पुरस्कार प्याकेजमा मुम्बई आवतजावतको हवाई टिकट, खेल प्रवेश टिकट, तीनतारे होटेलमा चार दिनको बसाइ (ब्रेकफास्टसहित), एयरपोर्ट ट्रान्सफर, सिटी टुर, दर्शनीय स्थल भ्रमण, पर्यटन कर तथा वानखेडे स्टेडियम आउजाउको सम्पूर्ण यातायात व्यवस्था समावेश गरिएको एसियन थाई फुडका निर्देशक आशिष जाजुले जानकारी दिए ।