रौतहटमा मूर्ति विसर्जनका क्रममा झडप, आधा दर्जनभन्दा बढी घाइते

सोमबार, १३ माघ, २०८२
डिजिटल संस्करण

रौतहटको परोहा नगरपालिका– ९, रामपुर टोलमा सरस्वतीको मूर्ति विसर्जन गर्ने क्रममा झडप भएको छ।

सार्वजनिक सडक हुँदै प्रहरीको सुरक्षा व्यवस्थाबिच मूर्ति विसर्जनका लागि लैजाँदै गरिएको ट्याक्टरमाथि मुस्लिम टोलनजिक अचानक ढुंगामुढा सुरु भएको स्थानीयले बताए। घटनामा आधा दर्जनभन्दा बढी व्यक्ति घाइते भएका छन्।

घटनापछि सम्पूर्ण क्षेत्र तनावग्रस्त बनेको छ। शान्ति–सुरक्षा कायम गर्न सुरक्षाकर्मी परिचालन गरिएको छ भने स्थानीयवासी त्रसित बनेका छन्। स्थानीयका अनुसार यस क्षेत्रमा यस किसिमका झडप तथा तनावपूर्ण अवस्था पटकपटक दोहोरिँदै आएको छ।

जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार अहिले सो स्थानमा जिल्ला प्रहरी कार्यालयबाट ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ।

सुझावित समाचार