मिनरलवाटर बोकेको आइचर गाडी इन्द्रसरोवर तालमा खस्यो

सोमबार, १३ माघ, २०८२
डिजिटल संस्करण

मकवानपुरको इन्द्रसरोवर गाउँपालिका– १, मार्खुचौरस्थित मार्खु–कलंकी सडकखण्डमा मिनरलवाटर बोकेको आइचर गाडी इन्द्रसरोवर तालमा खसेको छ। जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार शनिबार दिउँसो कलंकीबाट मार्खुतर्फ जाने क्रममा बा.३ख ३९५४ नम्बरको मिनरलवाटर (खानेपानी) बोकेको आइचर गाडी बाटोछेउमा रोकी पानी झार्ने क्रममा अचानक अगाडि बढ्न गई करिब १५ मिटर तल इन्द्रसरोवर तालमा खसेको हो ।

मकवानपुर प्रहरी प्रवक्ता डिएसपी पुष्कर बोगटीले उक्त आइचर गाडी अहिले पनि तालको पानीमा रहेको बताए । तालको पानीमा डुबेको अवस्थामा रहेको गाडी निकाल्ने प्रयास भइरहेको उनको भनाइ छ । दुर्घटनामा कुनै मानवीय क्षति नभएको प्रहरीले जनाएको छ। दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रवक्ता बोगटीले बताए ।

सुझावित समाचार