नेपाल आउने पर्यटकको उद्धारका नाममा हुने ठगी घटनामा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अनुसन्धान अघि बढाएको छ। विस्तृत अनुसन्धान गरिरहेको सिआइबीले सोमबार पत्रकार सम्मेलन गरेर अनुसन्धान प्रगति सार्वजनिक गर्ने भएको छ।
सात वर्षअघि पर्यटन मन्त्रालयका तत्कालीन सहसचिव घनश्याम उपाध्याय नेतृत्वको छानबिन समितिले पर्यटकको उद्धारका नाममा ठगी भएको निष्कर्ष निकाल्दै त्यसमा संलग्न ट्राभल एजेन्सी, हेलिकोप्टर कम्पनी, अस्पताललगायतलाई कारबाही सिफारिस गरेको थियो। तर, दबाबका कारण कारबाही हुन सकेको छैन।
सिआइबीले दुई महिनाअघि यस सम्बन्धमा फेरि अनुसन्धान थालेको थियो। आइतबार अनुसन्धान प्रगति सार्वजनिक गरिने सिआइबीका एसएसपी शिवकुमार श्रेष्ठले बताए।