कांग्रेसले मधेशबाट चुनावी अभियान सुरु गर्ने
नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि आफ्नो चुनावी अभियान मधेश प्रदेशबाट औपचारिक रूपमा सुरु गर्ने भएको छ। माघ १६ गते जनकपुरमा आयोजना हुने प्रदेशस्तरीय सभामार्फत कांग्रेसले चुनावी गतिविधिलाई तीव्र बनाउने तयारी गरेको हो।
जनकपुरको सभामा पार्टी सभापति गगन थापा, उपसभापति विश्वप्रकाश शर्मा लगायत शीर्ष नेताहरूको उपस्थिति रहनेछ। सभालाई उनीहरूले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। कांग्रेसले उपसभापति शर्मालाई केन्द्रीय स्तरको चुनावी प्रचार–प्रसार समितिको संयोजकको जिम्मेवारी समेत दिएको छ।
धनकुटामा जेन-जी पुस्ताको एक्लो उम्मेदवारी, २५ वर्षीय शालिकराम राई मैदानमा
गत भदौं २३ र २४ गते सम्पन्न जेनजी आन्दोलनको प्रभावस्वरूप आगामी फागुन २१ गते प्रतिनिधिसभा सदस्यको निर्वाचन हुँदैछ। उक्त आन्दोलनको मुख्य उद्देश्य राज्यको नीतिनिर्माण तहमा जेनजी पुस्ताको सहभागिता सुनिश्चित गर्नु रहेको थियो।
यसै सन्दर्भमा धनकुटा जिल्लाबाट प्रतिनिधिसभा सदस्यका लागि तीन जना स्वतन्त्रसहित कुल १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तर उम्मेदवारहरूको सूची हेर्दा जेनजी पुस्ताबाट केवल एक जनाको मात्र उम्मेदवारी परेको देखिन्छ।
जेनजी पुस्ताबाट धनकुटामा एक्ला उम्मेदवार राष्ट्रिय परिवर्तन पार्टीका शालिकराम राई रहेका छन्। हाल २५ वर्ष पुगेका राई सबैभन्दा कान्छा उम्मेदवार हुन्। बाँकी उम्मेदवारहरूको उमेर ३० वर्षदेखि ६५ वर्षसम्म रहेको छ।
अपारदर्शी कारोबार नियन्त्रणका लागि नगद लेनदेनमा कडाइ : अर्थमन्त्री
सरकारले अपारदर्शी आर्थिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले नगद कारोबारको सीमा घटाएको अर्थमन्त्री रामेश्वर खनालले बताएका छन्।
राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले केही क्षेत्रहरूमा अझै पनि पारदर्शिताको अभाव रहेको र गैरकानुनी रूपमा आर्जित कालो धनलाई वैध बनाउने माध्यमका रूपमा प्रयोग भइरहेको अवस्था देखिएकाले यस्तो निर्णय लिनुपरेको स्पष्ट पारे।
मकवानपुरका यी उम्मेदवार, जसले आफैँलाई मतदान गर्न पाउने छैनन्
आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि मकवानपुरका दुई निर्वाचन क्षेत्रबाट ४४ जनाले उम्मेदवारी दर्ता गराएका छन् । जनमतबाट निर्वाचित भएर संघीय सांसद बन्ने आकांक्षा राखेका ती उम्मेदवारहरूमध्ये ८ जना भने आफैँ उम्मेदवार बनेको क्षेत्रमा मतदान गर्न पाउने छैनन् ।
मतदाता नामावलीमा नाम दर्ता भएपनि आफ्नो स्थायी ठेगना फरक निर्वाचन क्षेत्रमा परेपछि ठूला दलका उम्मेदवारदेखि साना तथा नयाँ दलका उम्मेदवारले आफैँलाई मत दिन नपाउने भएका छन् । यसरी आफैलाई मत दिन नपाउनेमा नेपाली कांग्रेसबाट मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय ‘डिना’ छिन् । उनी मकवानपुर क्षेत्र नम्बर २ की मतदाता हुन् ।
प्राध्यापन छोडेर चुनावी मैदानमा चन्द
गत पुस अन्तिम सातासम्म पाटन बहुमुखी क्याम्पस ललितपुरमा अध्यापन गराउँदै थिए सहायक प्राध्यापक आनन्दबहादुर चन्द । अहिले धनगढीमा मतदाताको घरघरमा पुगेर मत मागिरहेका छन् । करिब साढे दुई दशकदेखि प्राध्यापन, अध्ययन तथा अनुसन्धान कार्यमा सक्रिय चन्द राष्ट्रिय स्वतन्त्र पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रुपमा चुनावी प्रतिस्पर्धामा छन् ।
मनोनयन दर्ता गरेपछि जेन–जी आन्दोलनका सहीद धनगढीका गौरव जोशीका आमाबाट आर्शीवाद लिएर चुनावी अभियान सुरु गरेका चन्द अहिले मतदाताको घरदैलोमा पुगिरहेका छन् । देश परिवर्तन गर्नुपर्छ भन्ने भावनाले प्राध्यापन छोडेर राजनीतिमा आएको उनी बताउँछन् । सुशासन, देशको प्रणालीमा परिवर्तन र विकासको मुद्दा लिएर आफू जनतासमक्ष पुगिरहेको उनले बताए ।
आइसिसी टी–२० ग्लोबल छनोट : जिम्बावेलाई हराउँदा नेपालको सम्भावना कायम
जिम्बावेलाई ६ विकेटले हराउँदै नेपालले आइसिसी टी–२० ग्लोबल छनोटको सुपर सिक्स सम्भावना कायम राखेको छ । शनिबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा टस हारेर ब्याटिङ गरेको जिम्बाव्वेले २० ओभरमा ६ गुमाउँदै १३० रनको लक्ष्य दिएको थियो ।
प्रत्युत्तरमा नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै पहिलो जित निकाल्यो । यसअघि नेपाल थाइल्यान्डसँग ८ विकेट तथा नेदरल्यान्ड्ससँग २ रनले पराजित भएको थियो । यता, जिम्बाव्वे प्रतियोगिताबाट बाहिरिसकेको छ । पछिल्ला चारै खेलमा हार बेहोरेको जिम्बाब्वे अंक विहीन छ । समूह ‘बी’बाट नेदरल्यान्ड्सले सुपर सिक्समा स्थान बनाइसकेको छ ।
सडकमै पत्रकार सम्मेलन गरेर महावीरको चुनावी प्रतिबद्धता सार्वजनिक, रास्वपाले गर्यो समर्थन
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा म्याग्दीबाट स्वतन्त्र उम्मेदवारी दिनुभएका पूर्वमन्त्री महावीर पुनले सडकमै पत्रकार सम्मेलन गरेर आफ्नो प्रतिबद्धता सार्वजनिक गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले त्रिभुज निर्वाचन चिन्ह प्रदान गरेसंगै पुनले शनिवार जिल्ला सदरमुकाम बेनीबजारको बिरेन्द्रचोकमा सडकमा पत्रकार सम्मेलन गरी आफ्नो चुनाबी प्रतिबद्धता घोषणा गरेका हुन् ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका– ८ नाङ्गी गाउँमा जन्मनुभएका राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष समेत रहेका पुन वर्तमान अन्तरिम शुसिला कार्की नेतृत्वको सरकारमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री थिए । मन्त्री पदबाट राजीनामा दिएर स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएका पुनले आफु मन्त्री रहँदा नेपालको शिक्षा क्षेत्र सुधारका लागि तयार गरेका विद्येयकहरुलाई अध्यादेशको रुपमा जारी गर्न राष्ट्रपतिले सहयोग नगरेको र आफ्नो योजना विफल भएकाले त्यसलाई टुङ्गोमा पु¥याउन आफु उम्मेदवार बनेको बताए ।
सिन्धुपाल्चोक १ मा चारपक्षीय र २ मा त्रिपक्षीय भिडन्तको सम्भावना
चुनावको प्रारम्भिक अवस्थालाई हेर्दा प्रतिनिधिसभा–१ मा कांग्रेस , एमाले , नेकपा र रास्वपाबीच चुनावी प्रतिस्पर्धा हुने आँकलन गर्न सकिन्छ।प्रतिनिधिसभा–२ मा पुरानै पार्टीहरु कांग्रेस , एमाले र नेकपाबीच मुख्य प्रतिस्पर्धा हुने अवस्था छ ।
पुराना, नयाँ र स्वतन्त्र गरि १ मा १८ र २ मा पनि १८ उम्मेदवार चुनावी मैदानमा छन् । १ मा कांग्रेसबाट जिल्ला सभापति जंगबहादुर लामा, एमालेबाट सरेश नेपाल, नेकपाबाट केन्द्रीय सदस्य माधव सापकोटा सुवोध र राष्ट्रिय स्वतन्त्र पार्टीबाट हाइड्रोपावर व्यवसायी भरतप्रसाद पराजुली मैदानमा छन् । मुख्यतः यिनै चारबीच भिडन्तको अनुमान गरिएको छ ।
राष्ट्रिय सभाका निर्वाचनः बागमतीमा कांग्रेस–एमाले सहकार्यले नतिजा लगभग सुनिश्चित
राष्ट्रिय सभाका लागि आइतबार निर्वाचन हुँदै छ । फागुनभित्र रिक्त हुने १९ सिटमध्ये २ सिटका लागि बागमतीमा पनि निर्वाचन हुन लागेको हो । ५९ सदस्यीय राष्ट्रिय सभामा प्रत्येक दुई वर्षमा एकतिहाइ सदस्यको पदावधि सकिने संवैधानिक व्यवस्थाअनुसार आगामी फागुनमा रिक्त हुने १८ सदस्य पदका लागि निर्वाचन हुन लागेको हो । एकजना सदस्य भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनयन गरिनेछ ।
पार्टी निर्णयविपरीत उम्मेदवारी दिने पूर्वमन्त्री साहसहित सातजनालाई नेकपाकाे कारबाही
नेपाली कम्युनिस्ट पार्टीले आधिकारिक उम्मेदवार रहेका निर्वाचन क्षेत्रमा पार्टीको निर्णय र निर्देशनविपरीत उम्मेदवार बनेका सिराहाका पूर्वमन्त्री धर्मनाथ साहसहित सातजनालाई कारबाही गरेको छ ।
पार्टीले शनिबार विज्ञप्ति जारी गर्दै सिराहा क्षेत्र नम्बर ४ मा पार्टी उम्मेदवारविरुद्ध अर्को पार्टीवाट उम्मेदवार बनेका पूर्वमन्त्री धर्मनाथ साहलाई कारबाही गरेको छ ।