जिम्बाब्वेले दियो नेपाललाई सामान्य लक्ष्य

शनिबार, ११ माघ, २०८२
डिजिटल संस्करण

आइसिसी टी-२० ग्लोबल छनोटमा जिम्बाब्वेले नेपाललाई १३० रनको सामान्य लक्ष्य दिएको छ ।

शनिबार र्कीतिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हारेर हारेर  ब्याटिङ गरेको जिम्बाव्वेले २० ओभरमा  ६ विकेट गुमाउँदै १२९ रन बनायो । 

 केली एन्डलोभुको अविजित ५२ रन बनाइन् । यसबाहेक ओपनर विलोभ्ड बिजाले ३४ र मोडेस्टर मुपाचिक्वाले १४ रनको योगदान गरे ।

नेपालका लागि रिया शर्माले चार ओभरमा २५ रन खर्चिँदै दुई विकेट लिए । त्यस्तै कविता कुंवर, पूजा महतो, सीता रानामगर र रुवीना क्षेत्रीको नाममा समान एक विकेट रह्यो ।

जिम्बाव्वे प्रतियोगिताबाट बाहिरिसकेको छ । जिम्बाब्वेसँग पराजित भए नेपाल पनि पहिलो चरणबाटै बाहिरिनेछ । समूह ‘बी’बाट नेदरल्यान्ड्सले सुपर सिक्समा स्थान बनाइसकेको छ ।

सुझावित समाचार