अपारदर्शी कारोबार नियन्त्रणका लागि नगद लेनदेनमा कडाइ : अर्थमन्त्री

शनिबार, १० माघ, २०८२
डिजिटल संस्करण

सरकारले अपारदर्शी आर्थिक गतिविधिलाई नियन्त्रण गर्ने उद्देश्यले नगद कारोबारको सीमा घटाएको अर्थमन्त्री रामेश्वर खनालले बताएका छन्।

राष्ट्रिय वाणिज्य बैंकको ६१औँ वार्षिकोत्सवका अवसरमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले केही क्षेत्रहरूमा अझै पनि पारदर्शिताको अभाव रहेको र गैरकानुनी रूपमा आर्जित कालो धनलाई वैध बनाउने माध्यमका रूपमा प्रयोग भइरहेको अवस्था देखिएकाले यस्तो निर्णय लिनुपरेको स्पष्ट पारे।

अर्थमन्त्री खनालले बैंक तथा वित्तीय संस्थाहरूले अन्य क्षेत्रको तुलनामा हालसम्म तुलनात्मक रूपमा राम्रो भूमिका खेलेको उल्लेख गर्दै आगामी दिनमा अझ बढी सतर्कता र जिम्मेवारीका साथ काम गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले परम्परागत नगद तथा भौतिक बैंकिङ प्रणालीबाट डिजिटल तथा भर्चुअल बैंकिङतर्फ जानु अहिलेको आवश्यकता भएको बताउँदै प्रविधिमैत्री वित्तीय प्रणालीले पारदर्शिता र पहुँच दुवै बढाउने धारणा राखे।

सुझावित समाचार