बागमती प्रदेशको प्रहरी प्रमुखमा डिआइजी रेग्मी

शुक्रबार, ९ माघ, २०८२
डिजिटल संस्करण

बागमती प्रदेशको प्रहरी प्रमुखमा डिआइजी दीपक रेग्मीले कमान्ड सम्हालेका छन्। शुक्रबार हेटौँडास्थित प्रदेश प्रहरी कार्यालयमा उनले कार्यभार सम्हालेका हुन्। 

गृह मन्त्रालयले यहाँ कार्यरत डिआइजी अरुण पौडेलको प्रहरी प्रधान कार्यालयको कार्य विभागमा सरुवा गरी रेग्मीलाई खटाएको छ। उनले पदभार ग्रहणलगत्तै मातहतका प्रहरीलाई निर्देशन दिएका छन्। डिआइजी रेग्मी यसअघि प्रहरी प्रधान कार्यालयको अन्वेषण योजना तथा विकास निर्देशनालयमा कार्यरत थिए। 

सुझावित समाचार