मोरङमा ६ जनाको उम्मेदवारी फिर्ता, दुईजनाको रद्द

शुक्रबार, १० माघ, २०८२
डिजिटल संस्करण

मोरङमा  प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मनोनयन दर्ता गराउने ६ जना उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । दुईजनाको उम्मेदवारी रद्द भएको छ । 

आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि ६ माघमा उम्मेदवारी दर्ता गराउने मोरङका ६ वटा निर्वाचन क्षेत्रबाट चुनावी प्रतिस्पर्धा गर्न प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता गराएका ११८ जनामध्ये ६ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका हुन् । 

निर्वाचन कार्यालय मोरङका अनुसार उम्मेदवारी फिर्ता लिनेमध्ये चारजना स्वतन्त्रसहित दुईजना राजनीतिक दलका उम्मेदवार छन् । मोरङको १ नम्बर क्षेत्रबाट जनता समाजवादी पार्टी (जसपा) नेपालका दुर्गाप्रसाद दर्लामी र क्षेत्र नम्बर ६ बाट नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का तिलकराम राजवंशीले उम्मेदवारी फिर्ता लिएका छन्।

स्वतन्त्र उम्मेदवारी दिएका मोरङको ३ नम्बर क्षेत्रका सुरेश लिम्बू, कञ्चन न्यौपाने र दलबहादुर थापा अनि  ६ नम्बर  क्षेत्रका राम खत्रीले पनि आफ्नाे उम्मेदवारी फिर्ता लिएका छन् ।

मोरङको ४ नम्बर क्षेत्रका नेपाल पार्टीका विनोद परियार र ६ नम्बर क्षेत्रका  जसपाका महमद जाविरको उम्मेदवारी रद्द भएको छ ।  

अब मोरङमा  जम्मा ११० जना उम्मेदवार मात्र  चुनावी प्रतिस्पर्धाका लागि कायम भएका छन् । 
 

सुझावित समाचार