मन्त्रिपरिषद् बैठकले केके निर्णय गर्‍यो ?

बिहिबार, ९ माघ, २०८२
डिजिटल संस्करण

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निर्णय गरेको छ। जसमध्ये तीन निर्णय सार्वजनिक गरिएको छ।

आजको बैठकले अनुदान सहायता स्वीकार, जाँचबुझ आयोगको म्याद र सरकारको प्रवक्ताको जिम्मेवारीलगायतका विषयमा निर्णय गरेको छ।

यी हुन् सार्वजनिक गरिएका तीन निर्णय
१. सिद्धार्थ राजमार्ग बुटवल–पोखरा खण्ड सुधार आयोजनाको तयारीका लािग एसियाली पूर्वाधार लगानी बैंकबाट उपलब्ध हुने दुई मिलियन अमेरिकी डलर बराबरको अनुदान सहायता स्वीकार गर्ने,

२. २०८२ भदौ २३ र २४ गतेको प्रदर्शनका क्रममा भएको भौतिक एवं मानवीय क्षतिको यथार्थ छानबिन गरी प्रतिवेदन पेस गर्न गठित जाँचबुझ आयोगको म्याद २० दिन थप गर्ने,

३. माननीय गृहमन्त्रीलाई नेपाल सरकारको प्रवक्ता तोक्ने ।

सुझावित समाचार