काठमाडौंको टोखा नगरपालिका– ७, वसुन्धारा खरीबोटबाट अवैध लागुऔषध ब्राउनसुगरसहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
सात ग्राम १८० मिलिग्राम ब्राउनसुगरसहित टोखा– ६ बस्ने इलामको इलाम नगरपालिका– ४ घर भएका ३७ वर्षीय दीपक राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो।
प्रहरी प्रभाग गोंगबुसमेतबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो।