लिटमसको सीप सुधार कार्यक्रम सुरु

बिहिबार, ८ माघ, २०८२
डिजिटल संस्करण

लिटमस इन्डस्ट्रिज लिमिटेडले इलेक्ट्रिसिएनका लागि सीप सुधार कार्यक्रम (एसआइपी) (सुरुवात गरेको छ । ‘शिक्षा, दक्षता र सुरक्षा’ नारासहित यो विशेष सीपमूलक कार्यक्रम सुरुमा काठमाडौंमा गर्न लागिएको र निकटभविष्यमै देशव्यापी विस्तार गर्ने योजना रहेको कम्पनीले जनाएको छ ।

यो कार्यक्रमले लिटमसका उत्पादन प्रयोग गर्ने इलेक्ट्रिसिएनका लागि तयार गरिएको हो । यस पहलमार्फत लिटमसले प्राविधिक सीपलाई थप सुदृढ बनाउँदै देशभर सुरक्षित इलेक्ट्रिक अभ्यासलाई प्रवद्र्धन गर्ने लक्ष्य लिएको छ ।

२० दिने कार्यक्रमले सैद्धान्तिक र व्यावहारिक दुवै पक्षमा ध्यान केन्द्रित गर्ने बताइएको छ । यसमा औद्योगिक इलेक्ट्रिक वायरिङ तथा स्थापना, मोटर कन्ट्रोल प्रणाली, अर्थिङ, लाइटनिङ प्रोटेक्सन, जेनेरेटर प्रणाली तथा अन्य आवश्यक ह्यान्ड्स–अन सीप समावेश छन् । साथै, यो तालिम सिटिइभिटीसँग आबद्ध बालाजु स्कुल अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजीसँगको सहकार्यमा सञ्चालन भइरहेको हो । 

See More On

सुझावित समाचार