एसइई परीक्षा १९ चैतदेखि
माध्यमिक शिक्षा परीक्षा (एसइई) आगामी १९ देखि २९ चैतसम्म सञ्चालन हुने भएको छ । बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले उक्त मितिमा परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। हरेक वर्ष चैत पहिलो सातादेखि परीक्षा सञ्चालन गर्नुपर्ने भए पनि यसपटक २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका कारण परीक्षा केही दिन पर धकेलिएको बोर्डका परीक्षा नियन्त्रक टुकराज अधिकारीले बताए ।
ओलीको उम्मेदवारी मनोनयनमा गएका मुख्यमन्त्री कार्कीलाई आयोगले सोध्यो स्पष्टीकरण
निर्वाचन आयोगले कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीलाई स्पष्टीकरण सोधेको छ। झापा जिल्ला निर्वाचन क्षेत्र नं ५ मा एमाले आध्यक्ष केपी ओलीको मनोनयन दर्तामा सहभागी भएपछि आयोगले मुख्यमन्त्री कार्कीसँग स्पष्टीकरण मागेको हो।
प्रतिनिधिसभा निर्वाचन : पाँच उम्मेदवारविरुद्ध उजुरी
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका पाँचजनाविरुद्ध उजुरी परेको छ । बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म दाबी–विरोध पेस गर्ने कार्यक्रम रहेकोमा पाँच उम्मेदवारविरुद्ध उजुरी परेको निर्वाचन आयोगले जनाएको छ ।
अख्तियारमा परेको उजुरी मिलाइदिने आश्वासन दिई घुस लिने अधिकृत गिरीलाई एक महिना कैद
अख्तियारमा परेका उजुरी मिलाइदिने आश्वासन दिई घुस लिनेलाई विशेष अदालतले कैद तथा जरिवानाको सजाय सुनाएको छ। बुधबार विशेषले कपिल गिरीविरुद्धको घुस रिसवत मुद्दामा फैसला गरेको हो। विशेषको फैसलाअनुसार गिरीलाई एक महिना कैद तथा २५ हजार जरिवाना सजाय सुनाइएको छ।
नदीको दायाँबायाँ भवन निर्माणमा लगाएको रोक्का फुकुवा
काठमाडौँ महानगरपालिकाले नदीको दायाँबायाँ क्षेत्रमा भवन निर्माणका लागि लगाएको रोक्का फुकुवा गरेको छ । बुधबार सार्वजनिक सूचना जारी गर्दै महानगरपालिकाले सर्वोच्च अदालतको आदेशअनुसार भवन निर्माणमा लगाएको रोक्का फुकुवा गरेको हो ।
बालेनलक्षित गर्दै ओलीले भने– उहाँको घर जाने बाटो पनि मैले बनाएको हुँ
नेकपा एमालेका अध्यक्ष तथा झापा–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार केपी शर्मा ओलीले आफ्ना प्रतिस्पर्धी बालेन्द्र शाह (बालेन)को महोत्तरीस्थित घर जाने बाटो पनि आफूले बनाएको दाबी गरेका छन्। ओलीले आफूसँग प्रतिस्पर्धा गर्न आएका बालेनले केही नगरेको आरोप लगाउँदै महोत्तरी क्षेत्र नम्बर ३ को बाटो पनि एमाले नेतृत्वको सरकारले बनाएको बताएका हुन्।
१४ करोडको भ्रष्टाचार मुद्दा लागेकी पूर्वस्वास्थ्यसचिव मिश्रासँग पाँच लाख धरौटी माग
पूर्वस्वास्थ्यसचिव डा. संगीताकौशल मिश्रासँग विशेष अदालतले पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। १४ करोड ६ लाख ८५ हजार पाँच सय बिगो मागदाबी गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत २ कात्तिकमा उनीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो। यही मुद्दाको थुनछेक बहसपछि अदालतले उनीसँग धरौटी माग गर्ने आदेश जारी गरेको हो।
झापामा कांग्रेस–एमालेका युवा नेता फकाउँदै बालेन
राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रधानमन्त्रीका उम्मेदवार बनेका बालेन शाह उम्मेदवारी दर्ताको दोस्रो दिनदेखि नै चुनावी गतिविधिमा सक्रिय भएका छन्। बुधबार बिहानैदेखि उनले भेटघाटलाई तीव्रता दिएका छन्। चुनाव प्रचारका लागि रास्वपाले दमकमा भाडामा लिएको घरमा बसेर उनले भेटघाट गरिरहेका छन्। बालेनलाई भेट्न बालबालिकादेखि वृद्धहरूसम्मको भिड लागेको छ।
थाई एयर एसियाले अप्रिलदेखि भैरहवामा उडान रोक्ने संकेत, व्यवसायी चिन्तित
थाई एयर एसियाले अप्रिलदेखि भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलबाट उडान रोक्ने संकेत गरेसँगै भैरहवाका पर्यटन व्यावसायीले चिन्ता व्यक्त गरेका छन् । गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थलले दिगो रूपमा अन्तर्राष्ट्रिय उडान सञ्चालनसम्बन्धी बुधबार आयोजित अन्तक्र्रियामा सहभागी थाई एयर एसियाका प्रबन्धक सुनील शाक्यले अप्रिलदेखि भैरहवाबाट उडान भर्न नसकिने जनाएपछि स्थानीय व्यवसायीले चिन्ता प्रकट गरेका हुन्
एकदिवसीय क्रिकेट : माछापुच्छ्रेकोे जित
पोखरामा जारी एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत माछापुच्छ्रे क्रिकेट क्लबले गण्डकी क्रिकेट क्लबलाई २२१ रनको फराकिलो अन्तरले परजित गरेको छ । कास्की जिल्ला क्रिकेट संघको आयोजनामा पोखरा रंगशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताअन्तर्गत मंगलबारको खेलमा टस हारेर ब्याटिङको निम्तो पाएको माछापुच्छ्रेले ५० ओभरमा ५ विकेट गुमाएर २७१ रनको योगफल तयार गरेको थियो ।