प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बागलुङका दुई निर्वाचन क्षेत्रबाट २३ जनाले उम्मेदवारी दर्ता भएको छ । क्षेत्र नम्बर १ मा ११ जनाले र क्षेत्र नम्बर २ मा १२ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन कार्यालयले जनाएको छ । कार्यालयका अनुसार दर्ता भएका सबै उम्मेदवार राजनीतिक दलबाट प्रतिनिधित्व गरेका छन् ।
क्षेत्र नम्बर १ मा नेपाल मानवतावादी पार्टीका भक्तबहादुर विक, राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्य, मंगाल नेसनल अर्गनाइजेसनका गुमाकुमारी बुढारानामगर, राष्ट्रिय स्वतन्त्र पार्टीका सुशील खड्का, नेपाल कम्युनिस्ट पार्टी एमालेका हिराबहादुर केसी, प्रगतिशील लोकतान्त्रिक पार्टीका चित्रप्रसाद सापकोटा, कांग्रेसका भीमबहादुर श्रीस रानाले मनोनयन दर्ता गराएको सहायक निर्वाचन अधिकृत पूर्णप्रसाद शर्माले जानकारी दिए।
यसैगरी, नसनल रिपब्लिक नेपालका सहवीर थापा, राष्ट्रिय जनमोर्चा पार्टीका कृष्णप्रसाद शर्मा अधिकारी, श्रम संस्कृति पार्टीका लालबहादुर घर्ती र नेपाल कम्युनिस्ट पार्टी माओवादीका टेकबहादुर केसीले उम्मेदवारी दर्ता गराएका छन्।
यस्तै, क्षेत्र नम्बर २ मा कांग्रेसका टेकराज पौडेल, एमालेका मञ्जु शर्मा चालिसे, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का अनिल शर्मा गैरे, राष्ट्रिय स्वतन्त्र पार्टीका सोम शर्मा, श्रम संस्कृति पार्टीका हर्कबहादुर पुन, राष्ट्रिय प्रजातन्त्र पार्टीका अञ्चल शाही, नेकपा माओवादीका लोकेन्द्र घिमिरेले उम्मेदवारी दर्ता गरेका छन्।
त्यस्तै, प्रगतिशील लोकतान्त्रिक पार्टीका पदम कुँवर, नेपाल मानवतावादी पार्टीका टेकप्रसाद कामी, मङ्गोल नेसलन अर्गनाइजसनबाट जुनबहादुर थापामगर, जनता समाजवादी पार्टीका पूर्णबहादुर घर्ती र नेसनल रिपब्लिक पार्टीका नरबहादुर बुढाले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृत भीमप्रसाद सुवेदीले जानकारी दिए।