काठमाडौंको क्षेत्र नम्बर ४ मा एमालेले राजन भट्टराईलाई नै टिकट दिएको छ। यसअघि उनले सो क्षेत्रबाट चुनाव लड्न इच्छा देखाएका थिएनन्।
सो क्षेत्रमा विजयी हुँदै आएका कांग्रेसका गगन थापा सर्लाही ४ जाने भएपछि भट्टराईले टिकट पाएका हुन्। यसअघिका निर्वाचनमा भट्टराई थापासँग पराजित हुँदै आएका थिए।
सो क्षेत्रमा कांग्रेसले सचिन तिमिल्सिना र रास्वपाले पुकार बमलाई उम्मेदवार बनाएको छ।