उदयपुरमा ११ जनाको उम्मेदवारी दर्ता

मंगलबार, ७ माघ, २०८२
डिजिटल संस्करण

आसन्न फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जारी उम्मेदवारी मनोनयन दर्ता प्रक्रियाअन्तर्गत उदयपुरमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र नेकपा एमालेले आफ्ना उम्मेदवारको मनोनयन दर्ता गराएका छन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय, गाईघाटका अनुसार हालसम्म राप्रपा र एमालेसहित नेमकिपा, श्रम संस्कृति पार्टीलगायत केही दलले आफ्ना उम्मेदवारको मनोनयन दर्ता गराइसकेका छन् ।

उदयपुर निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत राप्रपाबाट सुवासचन्द्र खड्का, नेकपा एमालेबाट दुर्गाकुमार थापा, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट विष्णुबहादुर खड्का तथा श्रम संस्कृति पार्टीबाट राजेश राईले मनोनयन दर्ता गराएका छन् ।

यसैगरी, उदयपुर संघीय निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत कटारीस्थित निर्वाचन अधिकृतको कार्यालयमार्फत नेमकिपाका पूर्णबहादुर बुढाथोकी, मंगोल नेसनल अर्गनाइजेसनका भास्कर राई, राप्रपाका विष्णुबहादुर खड्का, राष्ट्रिय परिवर्तन पार्टीका अरुण राई, आम जनता पार्टीका बमबहादुर मगर तथा नेकपा एमालेका अम्बरबहादुर रायमाझीले उम्मेदवारी मनोनयन दर्ता गराएको निर्वाचन अधिकृत लोकबहादुर कटुवालले जानकारी दिए ।
 

सुझावित समाचार