कांग्रेस नेता एवं पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्रका उम्मेदवारहरूको टिकट वितरण प्रक्रियामा आफू सहभागी नभएको प्रस्टीकरण दिएका छन्।
सामाजिक सञ्जाल एक्समा खड्काले त्यसबारेमा आफूलाई कुनै जानकारी नभएको पनि उल्लेख गरेका छन्। ‘नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभाको १६५ निर्वाचन क्षेत्रको उम्मेदवारको टिकट वितरणको सम्बन्धमा कुनै पनि बैठक र प्रक्रियामा म सहभागी नभएको र मलाई कुनै पनि जानकारीसमेत नभएको कुरा सबैमा स्पष्ट पार्न चाहन्छु, कसैमा भ्रम नरहोस्,’ खड्काले भनेका छन्।
यसअघि खड्काले पार्टी आधिकारिकताका बारेमा सर्वोच्च अदालतमा आइतबार दायर गरेको रिट फिर्ता नभएकोसमेत उल्लेख गरेका थिए।