उदयपुरमा कांग्रेस र नेकपाले टुंगो लगाए उम्मेदवार

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीले उदयपुरमा उम्मेदवार टुंग्याएका छन्।

नेपाली कांग्रेस उदयपुरका सभापति हिमाल कार्कीका अनुसार कांग्रेसले प्रतिनिधिसभा निर्वाचन क्षेत्र १ मा विदुर बस्नेत र निर्वाचन क्षेत्र २ मा राम राईलाई उम्मेदवार बनाएको छ।

यसैगरी, नेकपाले पनि जिल्लाका दुवै निर्वाचन क्षेत्रमा उम्मेदवारी टुंगो लगाएको छ। पार्टीका केन्द्रीय सदस्य लक्ष्मण पौड्यालका अनुसार निर्वाचन क्षेत्र १ मा बदलदेव चौधरी र निर्वाचन क्षेत्र २ मा सुरेशकुमार राई हिमाललाई उम्मेदवार बनाइएको छ।

नेकपा एमालेले यसअघि नै उम्मेदवारको टुंगो लगाइसकेको छ।

सुझावित समाचार