प्रतिनिधिसभा चुनाव लड्न कांग्रेस प्रदेश सांसद काफ्लेले दिए राजीनामा

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

कांग्रेसका सांसद कुन्दनराज काफ्लेले पदबाट राजीनामा दिएका छन् । दोलखा निर्वाचन क्षेत्र नम्बर–१ (क) बाट निर्वाचित काफ्लेले प्रतिनिधिसभा सदस्यको निर्वाचन लड्ने तयारीका लागि प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएका हुन् ।

काफ्लेले सोमबार बागमती प्रदेश सभा सचिवालय हेटौँडामा उपस्थित भएर उपसभामुख अप्सरा चापागाईंलाई राजीनामा-पत्र बुझाएका हुन् ।

बागमती प्रदेशका निवर्तमान आर्थिक मामिला तथा योजनामन्त्री तथा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका काफ्ले संघीय संसदमा दोलखाली जनताको प्रतिनिधित्व गर्ने उद्देश्यले प्रदेश सभा सदस्य पदबाट राजीनामा दिएको बताए ।

सुझावित समाचार