पर्सा निर्वाचन क्षेत्र २ मा एमालेबाट रिमा यादव उम्मेदवार

सोमबार, ६ माघ, २०८२
डिजिटल संस्करण

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेले पर्सा क्षेत्र नम्बर २ को उम्मेदवार टुंगो लगाएको छ। एमालेले वीरगन्ज महानगरपालिका– २९ निवासी रिमाकुमारी यादवलाई पर्सा क्षेत्र नम्बर २ को उम्मेदवार बनाउने भएको हो। 

मधेशवादी विचारबाट प्रभावित यादव एमाले प्रवेश गरेर टिकट पाएकाले बलियो उम्मेदवारको रूपमा देखापरेको नेकपा एमाले मधेश प्रदेशका उपाध्यक्ष बिचारी यादवले दाबी गरे।

जिल्लाकै सबैभन्दा कम उमेरको उम्मेदवारको रूपमा रहेकी यादवलाई निर्वाचनमा सहभागी गराउन एमालेले तयारी गरेको उनले बताए।

सुझावित समाचार