खेलकुदमन्त्री गुप्ताले बुझाए राजीनामा

सोमबार, ५ माघ, २०८२
डिजिटल संस्करण

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले राजीनामा दिएका छन्। उनले सोमबार राजीनामा दिएका हुन्। 

आसन्न प्रतिनिधिसभा निर्वाचनमा भाग लिन उनले राजीनामा दिएका हुन्। गुप्ता राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बन्ने तयारीमा छन्। 

रास्वपाका बरिष्ठ नेता बालेन शाहसँगै मधेस गइसकेका उनी सिरहा १ बाट चुनाव लड्ने तयारीमा छन्। 

सुझावित समाचार