एमालेले दियो खोटाङमा पार्टी जिल्ला अध्यक्ष देवबिक्रम राईलाई टिकट

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले आगामी फागुन–२१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि खोटाङमा देवबिक्रम राईलाई टिकट दिएको छ । एमाले खोटाङका जिल्ला अध्यक्षसमेत रहनुभएका नेता राईलाई एमाले पार्टी केन्द्रीय समितिले प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि टिकट दिएको हो । 

एमाले खोटाङबाट सिफारिस भएका दशजना नेतामध्ये जिल्ला अध्यक्ष राईले टिकट पाएपछि बधाई तथा शुभकामना दिने पार्टी कार्यकर्ताहरुको लर्को लागेको छ। विद्यार्थी राजनीतिबाट मूलधारको राजनीतिमा आएका नेता राई राजनीतिसँगै व्यवसायिक कृषि तथा साहित्यिक क्षेत्रमा समेत कलम चलाउँदै आएका छन् । 

धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट विद्यार्थी राजनीति सुरु गरेका नेता राई वि.सं. वि.सं. २०४७ सालमा खोटाङ–सुनसरी सम्पर्क समिति अध्यक्ष हुँदै वि.सं. २०५२ सालमा खोटाङ–काठमाडौँ सम्पर्क मञ्चको कोषाध्यक्ष भएर काम गरेका थिए । राजनीतिलाई सामाजिक सेवाका रुपमा उपयोग गर्दै आउनुभएका अगुवा कृषक एवं साहित्यकार राईको ‘आस्थाका भण्डाहरु’ कविता सङ्ग्रहसमेत बजारमा आएको थियो ।  

जिल्लामा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिसकिएको छ भने, निर्वाचन प्रहरीसमेत छनोट कार्य सुरु गरिएको छ । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा आगामी निर्वाचनका लागि एक लाख ४७ हजार १२० जना मतदाता कायम भएको निर्वाचन कार्यालयले जनाएको छ । 
 

See More On

सुझावित समाचार