बालेनले आज राजीनामा नदिने

आइतबार, ५ माघ, २०८२
डिजिटल संस्करण

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले  आज राजीनामा नदिने भएका छन्।  यसअघि उनले आज (४ माघ) राजीनामा दिने तयारी गर्दै आइरहेका थिए।  तर, राजनीतिक घटनाक्रम र अवस्थालाई हेरेर उनले आज नै राजीनामा नदिने सोचमा पुगेको सचिवालयले बताएको छ ।

‘राजीनामा आज दिने कुरा त थियो, तर आज दिनुहुन्न, अझै राजीनामा दिने समय छ, त्यसैले हतार गर्नुभएन, केहीबेरमा रास्वपाको बैठकमा जाँदै हुनुहुन्छ,’ सचिवालयका एक सदस्यले भने, ‘एक–दुई दिनपछि राजीनामा दिनुहुन्छ ।’

सुझावित समाचार