नेपाली कांग्रेसले आगामी निर्वाचनका लागि उम्मेदवार चयन गर्न संसदीय बोर्ड गठन गरेको छ। फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै १३ सदस्यीय संसदीय बोर्ड बनाइएको हो, जसको संयोजकको जिम्मेवारी सभापति गगन थापालाई दिइएको छ।
सभापति थापाको नेतृत्वमा गठन गरिएको बोर्डमा पार्टीका उपसभापति, महामन्त्री, सहमहामन्त्रीलगायत केन्द्रीय तहका नेताहरू सदस्यका रूपमा रहेका छन्।