कास्कीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालय स्थापना

शनिबार, ४ माघ, २०८२
डिजिटल संस्करण

२१ फागुनका लागि तय भएको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि कास्कीमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयहरु स्थापना गरिएको छ । 

तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय सँगै प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र नम्बर ३ को कार्यालय कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालय गण्डकी प्रदेशको कार्यालय परिसर पोखरा महानगरपालिका ५ मालेपाटनमा, कास्की क्षेत्र नम्बर २ को सिंचाई तथा जलश्रोत व्यवस्थाप आयोजनाको कार्यालय पोखरा १७ ड्यामसाइड र क्षेत्र नम्बर १ को भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको कार्यालय पोखरा १० रामघाटमा स्थापना गरिएको छ ।

कास्कीको मुख्य निर्वाचन सँगै क्षेत्र नम्बर ३ को अधिकृतमा कास्की जिल्ला अदालतका १ नम्बर न्यायाधीश हिमलाल बेल्वासे, क्षेत्र नम्बर  २ मा सर्वोच्चका इजलास अधिकृत निर्मलाकुमारी खड्का र क्षेत्र नम्बर १ मा सर्वोच्चका इजलास अधिकृत सीता रेग्मी रहेकी छिन् । 

कार्यालय स्थापना कार्यक्रममा निर्वाचन अघिकृतहरु, राजनीतिक दलका प्रतिनिधिहरु, कास्कीस्थित सरक्षा निकायमा प्रमुखहरु, सरकारी कर्मचारी एंव अन्य सरोकारवालाहरु उपस्थित रहेका थिए।कार्यालय उद्घाटनपछि मुख्य निर्वाचन अधिकृत बेलबासेले सवैको साथ र सहयोगले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सकिने भएकाले सरोकारवाला सबैको साथ सहयोग रहनेमा आफु ढुक्क रहेको बताएका थिए ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले निर्वाचन सम्पन्न गर्न जिल्लामा उपलब्ध श्रोत साधन र जनशक्तिको प्रभावकारी परिचालनमार्फत व्यवस्थित निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गराउन प्रशासन कार्यालय तयार रहेको बताएकी थिइन् ।
 

सुझावित समाचार