निर्वाचन आयोगको निर्णयलाई चुनौती दिँदै नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले पुरानै केन्द्रीय समितिको बैठक बोलाउने निर्णय गरेको छ। कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनअनुसार भन्दै पार्टीसचिव कृष्णप्रसाद पौडेलले शनिबार बिहान ८ बजेका लागि बैठक बोलाइएको सूचना जारी गरेका छन्।
निर्वाचन आयोगले शुक्रबार गगन थापा पक्षलाई पार्टीको आधिकारिकता दिने निर्णय गरिसकेको छ।
