विशेष महाधिवेशनबाट उपसभापति निर्वाचित विश्वप्रकाश शर्माले नेपाली कांग्रेसको विषयले निर्वाचनमा असर पर्न नहुने बताएका छन्।
निर्वाचन आयोगमा आधिकारिकता दाबी गर्न पुगेका शर्माले दुई दिनभित्रै उम्मेदवार टुंग्याउने प्रस्ट पार्दै निर्धारित मितिमै निर्वाचन हुनुपर्नेमा जोड दिएका हुन्।
‘उम्मेदवारी अबको दुई दिनभित्रैमा टुंग्याउने गरी तम्तयार अवस्थामा हाम्रो टिमले काम गरिरहेको छ। घोषणापत्रको टिमले कार्य गरिरहेको छ, परिचालनको टिमले कार्य गरिरहेको छ। निर्धारित समयमै निर्वाचन हुनुपर्छ। यसमा हाम्रो सम्पूर्ण रूपले साथ रहन्छ। यसको कारण कुनै असर पर्नुहुँदैन,’ उनले भने।
आफूहरू सम्पूर्ण रूपले तयार रहेको प्रस्ट्याउँदै शर्माले आयोगलाई कांग्रेसको विवादका विषयमा निर्णय गर्न ढिलाइ नगर्न आग्रह गरे।